द क्लिकर्स ग्रुपका सदस्य दिवसको जन्मदिनमा भान्जाहरुलाई खाद्यान्न सहयोग

‘खोजी ३६५ जनाको’अभियानका लागि छहारी नेटवर्कबाट आर्थिक सहयोग
छहारी संवाददाता
असार २०, २०७८

द क्लिकर्स ग्रुपका सदस्य दिवस आचार्यले आइतबार आफ्नो जन्मदिनमा मामाघर नेपालका भान्जाहरुलाई खाद्यान्न सहयोग गर्नु भएको छ ।

आफ्नो जन्मदिनमा दिवसले १५ किलो आलु, १५ किलो चिउरा, ५ लिटर तेल, १ बोरा सोयाबिन, ५ किलो आटा पिठो, ५ किलो दाल, ८ ओटा नुहाउने साबुन, १ दर्जन लुगाधुने साबुन र १ दर्जन भाडा माझ्ने साबुन सहयोग गर्नु भएको हो । विशेष दिनहरुमा गरिने फजुल खर्च बेसाहाराहरुको लागि सहयोग गर्न पाउँदा खुशि लागेको भन्दै उहाँले युवाहरुलाई सहयोगी बन्न आग्रह समेत गर्नु भएको छ ।

यस्तै छहारी नेटवर्ककी संचालक सरला अधिकारीले ‘खोजी ३६५ जनाको’ अभियानको नाममा २५ सय रुपैया सहयोग गर्नु भएको छ । अधिकारीले आफ्नो श्रीमान छहारी नेटवर्कका व्यवस्थापक प्रमोद तिमल्सीनाको जन्मदिनको पूर्व संध्यामा मामाघर नेपाललाई सहयोग गर्नु भएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा द क्लिकर्स ग्रुपका सदस्य तथा छहारी नेटवर्कका फोटो पत्रकार ओम् फुयाल अनिश आयु बाबा, क्लिकर्स सदस्यहरु जोन पहाडी, श्याम सुन्दर गौतम, सुसान अधिकारी, अन्सु दहाल, अनिसा बस्नेत, कपिल गौतम लगायतको उपस्थिती रहेको थियो । क्लिकर्स ग्रुपले विभिन्न अवसरमा सहयोग गरी सडक बालबालिकामुक्त सभ्य समाज निर्माण अभियानमा इटा थप्ने काम गर्दै आएको मामाघर नेपालले जनाएको छ ।

मामाघर नेपालमा हाल ५ वर्ष माथी र १८ वर्ष मुनिका १९ जना भान्जाहरु रहनु भएको छ । २०६८ साल कार्तिक २७ गते बाट १४ जना भान्जाहरुको उद्धार गरी सेवा सुरु गरेको मामाघरले १ सय ३१ जनालाई परिवारमा पुर्नमिलन गराइसकेको मामाघर नेपालका सहयोगी नविन सिलवालले जानकारी दिनुभयो । मामाघरले विभिन्न समयमा एक व्यक्ति एक इटा, ‘खोजी ३६५ जनाको’ लगायतका अभियान चलाएर भान्जाहरुको पालन पोषण गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*