क्यान्सर रोगी बालिकालाई लायन्स क्लब अफ सिमरा युथद्वारा २६ हजार सहयोग
लायन्स क्लब अफ सिमरा युथले एक क्यान्सर रोगी बालिकालाई उपचारका लागि २६ हजार रुपैया सहयोग गरेको छ । युथले जितपुर सिमरा उपमहानगरपालिका १४ बस्ने क्यान्सर रोगी १२ बर्षकी सलीना ढकाललाई उपचारमा सहयोग होस् भन्ने उदेश्यले रकम हस्तान्तरण गरेको हो ।
नेपाली कांग्रेसका नगर सभापती श्यामबाबु गुप्ताको बिषेश सहयोग तथ सरोज खनाल, त्रीलोक बिक्रम साह, बसन्त खतीवडा, राजकुमार लामा, कपील खरेल, गोवीन्द चौधरी, सुशान्त शाह, हन्कल्पीत न्यौपाने, दिवाकर भण्डारी, किशन ढकाल, कमल तिवारी, इश्वर, निलिशा बर्मा, मिथलेस महतो लगाएतकाको सहयोगमा उपचार खर्च हस्तान्तरण गरिएको हो ।
उपचार खर्च धान्न समस्या भएपछि विभिन्न संघसंस्था मार्फत सहयोगको अपेक्षा राखेकी उनको लागि सहयोग रकम उपलब्ध गराइएको हो । सहगोग रकम पाएका अभिभावकले केहि भएपनि राहत मिलेको भन्दै युवाहरुलाई धन्यवाद दिएका छन् । प्रथम किस्ताको रुपमा यो सहयोग रकम हस्तान्तरण गरेको लायन्स क्लब अफ सिमरा युथ क्लबका अध्यक्ष हन्कल्पीत न्यौपानेले जानकारी दिनुभयो । साथै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।