नेपालमा पछिल्लो २४ घण्टामा ३४ कोरोना संक्रमितको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ३४ जनोको मृत्यु भएको छ । योसंगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार १७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यसैबीच पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ । मन्त्रालयको तथ्यांक अनुसार तुलनात्मक रुपमा दैनिक संक्रमितको संख्या बढ्दै गएको हो । पछिल्लो २४ घण्टामा २ हजार २९९ जना संक्रमित थपिएका छन् । १० हजार ५९६ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार २९९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
६ हजार ५६६ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १३ सय ९१ जना र ४ हजार ३० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ७८ हजार ८०८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४५१ जना संक्रमण मुक्त भएका छन् । योसंगै नेपालमा संक्रमणमुक्त हुने कुल संख्या ६ लाख ३ हजार ६ सय पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।