मकवानपुरमा थप २ कोरोना संक्रमितको मृत्यु

छहारी संवाददाता
असार १८, २०७८

मकवानपुरमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा उपचाररत थप २ संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ का ६५ बर्षका पुरुष र बाराको निजगढ नगरपालिका वडा नम्बर ९ का ७५ बर्षकी महिला रहेका छन् । योसंगै मकवानपुरमा कोरोना संक्रमणका कारण हालसम्म १३० जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*