मकवानपुरगढी गाउँपालिकाको सामरी खोलामा निर्माणाधिन पुल बाढीले बगायो

छहारी संवाददाता
असार १८, २०७८

मकवानपुरगढी गाउँपालिकाको सामरी खोलामा निर्माणाधिन पुल गएराती बाढीले बगाएको छ ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ र वडा नम्बर–३ जोडनका लागि बागमती प्रदेश सरकारको लगानीमा सामरी खोलामा निर्माण हुँदै गरेको पुल बाढीले बगाएको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले जानकारी दिनुभयो । विगत ५ बर्षदेखि ठेकेदारको लापरबाहीका कारण पुल निमार्णको काम अगाडि बढन सकेको थिएन ।

संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तरगत जिल्ला विकास समिति मकवानपुरले नागार्जुन शकंर माली जेबी ठेकेदार कम्पनीलाई झण्डै पाँच करोड सैतीस लाख बयानब्बे हजारको लागतमा निमार्ण गर्न ठेक्का दिइएको उक्त पुलमा यतिबेला ३ वटा पिल्लर बाहेक अन्य कुनैपनि कार्य अघि बढन नसकेको भन्दै स्थानीय आक्रोशीत भएका छन ।

समयमानै पुल निर्माण नहुँदा समस्या बेहोर्नु परेको मकवानपुर गढी गाउँपालिका वडा नम्बर–५ का वडा अध्यक्ष जितबहादुर घिमिरे बताउनुहुन्छ । बन्दै गरेको पुल खोलाले बगाएपछी यसको निर्माणमा झनै समस्या हुने भएको छ । स्थानीयका अनुसार २०७४ साल चैतसम्ममा पुल निमार्णको कार्य सकिनुपर्ने भएतापनि अहिलेसम्म पुलको पिल्लर राख्ने बाहेक अरु कुनै काम भएको थिएन । सम्झौता अवधि सकिएको ४ वर्ष भइसकेको छ ।

२०७३ सालदेखि निमार्ण शुरु भएको उक्त पुलमा २०७८ सालको असारको आधाआधि सम्ममा पनि त्यही ३ वटा पिल्लर मात्र गाडिएको थियो । स्थानीय र मिडियाको सक्रीयतापछि पुनः निमार्णाधीन पुलले केही स्वरुप लिएकोे थियो र सबैको दबाबका कारण ठेकेदारले ३ वटा पिल्लरमध्ये एउटा पिल्लरमा भने ढलान गरि स्ल्याब गर्ने आश्वासन त दियो तर अहिले सम्म ढलान हुन नसकेको स्थानीय प्रतक्षदसीहरु बताउँछन् ।

उक्त पुलमा सामरी खोलालाईनै साँघुरो बनाउनेगरी थुनेर रोखेको धेरै समय भइसकेको थियो । यसरी खोला थुनेर निमार्ण गर्दा स्थानीय बस्ती जोखिममा परेको भन्दै स्थानीयहरुले बिरोध गर्दै आएका थिए । साभारः जनपत्र डटकम ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*