बागमती प्रदेशबाट छनौट भएका ५ कृषकलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’

छहारी संवाददाता
असार १७, २०७८

बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि विकास निर्देशनालय हेटौंडाले प्रदेशभरीमा उत्कृष्ट किसानको छनौट गरी राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण गरिएको छ ।

प्रदेशभरीबाट छनौट भएका पाँच जना कृषकलाई मन्त्रालयमा आयोजित कार्यक्रममा पुरस्कृत गरिएको हो । उत्कृष्ट कृषकलाई पुरस्कृत गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाले यस्ता पुरस्कार र सम्मानले कृषकलाई हौसला प्रदान गर्ने बताउनुभयो ।

कृषि विकास निर्देशनालय, हेटौडाका प्रमुख रबिन्द्र बहादुर प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्रालयका सचिव मतिना बैद्य जोशी, प्रदेश सहकारी बोर्डका उपाध्यक्ष नारायण प्रसाद देबकोटा, प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टिका बल्देब सापकोटा लगायतकाको आतिथ्यता रहेको थियो ।

दुध उत्पादन, प्रशोधन, विविधकरण तथा बजारिकरण क्षेत्रमा अतुल्य योगदान पुर्याउनु भएका लालीगुराँस बहुउदेशिय्य सहकारी लिमीटेडलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरुष्कारवाट सम्मानित गरिएको निर्देशनालयका अधिकृत सुलोचना श्रेष्ठले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*