लगातारको वर्षाले भीमफेदी–कुलेखानी सडकखण्ड अबरुद्ध

बागझोरोमा बाढीले सवारी संचालनमा समस्या
छहारी संवाददाता
असार १७, २०७८

लगातारको वर्षाका कारण मकवानपुरको भीमफेदी–कुलेखानी सडकखण्ड दुइदिन देखि अबरुद्ध बनेको छ । हिजोदेखि नै भीमफेदी–कुलेखानी सडकखण्डको विभिन्न स्थानमा पहिरो झरेर अबरुद्ध हुँदा सवारी आवतजातमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौंडा–भीमफेदी सडकखण्डको पान्द्राङमा आज बिहान गएको पहिरो पन्छाएर यातायात सञ्चालन गर्ने प्रयास भइरहेको जिप्रका मकवानपुरका प्रवक्ता जयश्वर रिमालले बतादिनुभयो । भीमफेदी गाउँपालिका—६ देउराली र गढीमा आएको पहिरोले हिजो बिहानैदेखि सो सडकखण्ड अवरुद्ध छ ।

लगातार वर्षा भइरहेका कारण तत्काल पहिरो हटाउन समस्या भएकोले मौसममा सुधार आउनासाथ पहिरो पन्छाउन प्राविधिक खटाइने प्रवक्ता रिमालले बतादिनुभयो । यता बागझोरो खोलामा बाढी आउँदा त्रिभुवनराजपथबाट सवारी संचालनमा अवरोध आइरहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*