सामाजिक कार्यमा ५ नम्बर वडा स्तरीय युवा क्लबको सक्रियता
रास्ट्रिय युवा परिषद्ले हेटौंडा उपमहानगरपालिकाका सबै वडामा वडा स्तरीय युवा क्लब गठन गरेको छ ।
विषम् परिस्थितिमा युवाहरू चलाएमान गरी देशको समस्या समाधानमा हातेमालो गर्ने उदेश्यले वडा स्तरीय युवा क्लब गठन गरिएको हो । सबै वडा स्तरीय युवा क्लबहरू निष्कृय भइरहेका बेला युवा क्लब वडा नं ५ को सक्रियता भने बढिरहेको छ । यसैक्रममा वडा स्तरीय युवा क्लबले ५ नम्बर वडाभरी जनचेतना मुलक होडिङ बोड राखेको छ ।
५ नम्बर वडाका मुख्य र पायक पर्ने स्थानमा होडिङ बोर्ड राखिएको हो । क्याम्पा अगाडी ट्राफिक नियम सम्बन्धि, माछापालनमा वातावारण सम्बन्धि, वडा कार्यालय अगाडी पण्जिकरण सम्बन्धि, रुद्देश्वर मन्दिर र मनकामना मन्दिर जाने बाटोमा लागुपदार्थ विरुद्ध होडिङ बोर्ड राखिएको हो ।
यस्तै वडा प्रहारी कार्यालय अगाडी ट्राफिक नियम सम्बन्धि, चिसापानिमा महिला हिंसा न्युनिकरण सम्बन्धि र बाल ज्योति स्कुल भित्र महिनावारी सम्बन्धि जनचेतना मुलक होडिङ बोर्ड राखिएको छ । ५ नम्बर वडा युवा क्लबका अध्यक्ष अरूण कार्कीले वडाका युवालाई चलाएमान बनाउन क्लबको सक्रियता आवस्यक रहेको बताउनुभयो ।
हरेक सामाजिक कार्यमा र वडाको विकासका लागि निरन्तर युवा क्लब सक्रिय रहने क्लबका सचिव विवेक फुयालले जानकारी दिनुभयो । नेपाल सरकाले प्रत्येक वडामा खोप लाउने कार्यक्रम सुरु गर्दा होस् या लकडाउनको समस्यामा वडा नम्बर ५ युवा क्लबले विद्यार्थीलाई गाँसको व्यवस्था समेत गरेको थियो ।