बागमती प्रदेशका मुख्यमन्त्री पौडेल र स्वास्थ्यमन्त्री श्रेष्ठ बिच भेटवार्ता
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्ण गोपाल श्रेष्ठ बिच भेटवार्ता भएको छ ।
उहाँहरुबीच कोरोना रोकथाम, नियन्त्रण तथा उपचार र खोपको व्यवस्थापनका विषयमा छलफल भएको मुख्यमन्त्री पौडेलका स्वकिय सचिव अनुप पौडेलले जानकारी दिनुभयो । भेटवार्ताका क्रममा प्रदेश सरकारले कोरोना खोप खरिदका लागि २ अर्ब बजेट विनियोजन गरेको मुख्यमन्त्री पौडेलले स्वास्थ्य मन्त्री श्रेष्ठलाई जानकारी गराउनु भएको थियो ।
यस्तै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिकशत्र तथा प्रयोगशालाको बिषय, किटजन्य रोग नियन्त्रण अनुसन्धान तथा तालिम केन्द्र हेटौडाको कार्यक्षेत्र र क्षमता विस्तार गरी प्रदेश सरकार अन्तर्गतको ९मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान० को संरचनामा संचालन अनुमतिका लागि समेत मुख्यमन्त्री पौडेल र स्वास्थ्य मन्त्री श्रेष्ठ बिच छलफल भएको स्वकिय सचिव पौडेलले बताउनुभयो ।