अत्याधिक गर्मीका कारण क्यानडामा ६९ जनाको मृत्यु
अत्याधिक गर्मीका कारण क्यानडामा ६९ जनाको मृत्यु भएको छ ।
ब्रिटिस कोलम्बियाको प्रहरीले ६९ जनाको अप्रत्यासित रुपमा निधन भएको र अधिकांश पाको उमेरका रहेको जनाएको छ । मंगलबार लगातार तेस्रो दिन क्यानडाको अधिकतम तापक्रम कीर्तिमानी तहमा पुगेको अन्तराष्टिय सञ्चार समाध्यमले जनाएका छन् । ब्रिटिस कोलम्बियाको लिटनको तापक्रम ४९.५ डिग्री सेल्सियस पुगेको हो ।
यो हप्ता पहिले क्यानडाको तापक्रम कहिल्यै पनि ४५ डिग्री भन्दा माथि पुगेको थिएन । जोखिमयुक्त उमेर समूह वा स्वास्थ्य अवस्थाका व्यक्तिहरुका लागि हालको गर्मी घातक बन्ने देखिएको भन्दै प्रशासनले स्थानीय बासिन्दासँग आफूसँगै छिमेकीका बारेमा पनि ख्याल गर्न आग्रह गरेका छन् ।