आयुर्वेद संघ बागमती प्रदेशको अध्यक्षमा मधु बजगाईं चयन
आयुर्वेद संघ बागमती प्रदेशको अध्यक्षमा मधु बजगाईं चयन हुनु भएको छ ।
प्रदेशका राजधानी हेटौंडामा सम्पन्न आयुर्वेदीक औषधालयका अध्यक्षहरुको भेलाले बजगाईलाई अध्यक्षमा चयन गरेको हो । अध्यक्ष चयन भएपछि बजगाईले प्रदेशभरीका आयुर्वेदीक औषधालयहरुको समस्या समाधानका लागि संघले काम गर्ने बताउनुभयो ।
प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगत रहेका आयुर्वेदीक औषधालयमा अध्यक्ष चयन गरिएको थियो । आयुर्वेदीक औषधालयलाई थप व्यवस्थित बनाउँदै लैजाने सरकारी तयारी छ ।