मकवानपुरमा ४३ जना कारोना संक्रमित थपिए

छहारी संवाददाता
असार १५, २०७८

मकवानपुरमा मंगलबार ४३ जना कारोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ३८ जनाको पिसिआर र ७१ जनाको एन्टिजेन परिक्षण गर्दा ४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ । हालसम्म जिल्लामा १० हजार ९ सय ८४ जनामा कोरोना पुष्टि भएको छ ति मध्ये ९ हजार ८ सय ५१ जना संक्रमणमुक्त भएका छन् ।

अहिले मवानपुरमा एक हजार एक सय ३३ जना सक्रिय संङक्रमित रहेको कार्यलयले जनाएको छ । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय २८ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*