हेटौंडा ९ स्थित दिव्य बालउद्यानमा निर्मित मदन–आश्रितको शालिक अनावरण

छहारी संवाददाता
असार १४, २०७८

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित दिव्य बालउद्यानमा निर्माण गरीएको मदन–आश्रितको शालिक अनावरण गरिएको छ ।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा पारेर सोमबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारी र जीवराज आश्रितको अर्धकदको शालिक अनावरण गर्नु भएको हो ।

मुख्यमन्त्री पौडेलले दिव्य बालउद्यानमा पार्कमा वृक्षरोपण समेत गर्नु भएको छ । अनावरण कार्यक्रममा मुख्यमन्त्री पौडेलले पार्क निर्माणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै पार्कमा ६ लाख ५१ हजार रुपैयाँ लागतमा निर्माण गरिएको पानीको फोहरा ९वाटर फाउन्टेन० निर्माण गर्न आर्थिक सहयोग प्रदान गर्नुभएका गोर्खा लाहारीका प्रवन्ध निर्देशक बजरंग सिंहले सो फाउन्टेन पार्क व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको छ ।

पार्क व्यवस्थापन समितिका अध्यक्ष तथा हेटौंडा–९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल लगायत वडाका समाजसेवी तथा राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*