उपमहानगरको पूर्ण लगानीमा हेटौंडा अस्पतालमा डायलासिस सेवा सुरु

छहारी संवाददाता
असार १४, २०७८

हेटौंडा उपमहानगरपालिकाको पूर्ण लगानीमा सोमबारबाट मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा हेटौंडा अस्पतालमा डायलासिस सेवा सुरु गरिएको छ । उपमहानगरपालिकाले डायलासिस मेसिन र पूर्वाधार समेत तयार पारेपछी आजबाट अस्पतालमा सेवा सुरु गरिएको हो ।

डायलासिस सेवाको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन् गर्दै मकवानपुरका मृगौलाका सबै बिरामीलाई सेवा दिनेगरी कामको सुरुवात गरिएको बताउनुभयो । अब सेवा लिनका लागि चितवन, काठमाण्डौ, बिरगन्ज लगायतका जिल्लामा जानुपर्ने बाध्यता पनि हट्ने उहाँले बताउनुभयो ।

मकवानपुरका करिब ५ सय ३७ जना बिरामीले डायलासिस सेवा अन्य जिल्लाबाट लिंदै आएका थिए । सोमबार बिहान मात्र तीन जना बिरामीको डायलालसिस गरिएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको जिल्ला अस्पतालमा क्रमशः सेवा विस्तारहरु विस्तार हुँदै गएको छ ।

हेटौंडा अस्पतालले डायलासिस सेवा समेत सुरु गरेकाले स्वास्थ्यमा काचुली फेरेको मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपती डाक्टर बिष्णुराज जोशीले बताउनुभयो । हेटौंडा अस्पतालले तत्कालका लागि दैनिक ११ जना मृर्गौलाका बिरामीहरुलाई सेवा दिइने अस्पताल व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाइँले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई, प्रतिष्ठानका रजिस्ट्रार एवं अस्पतालका अध्यक्ष राजेश प्रसाईं, प्रतिष्ठानका संयोजक चिरञ्जीवी चुडाल, अस्पतालका निमित्त मेसु रामचन्द्र सापकोटा लगाएतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*