हेटौँडा–६, शान्तिटोलमा शान्ति पुस्तकालय स्थापना

छहारी संवाददाता
असार १२, २०७८

भीमसेन पौडेल/ पुस्तकालय अभियान समूह मकवानपुरको सहयोगमा हेटौँडा–६, शान्तिटोलमा शान्ति पुस्तकालय स्थापना भएको छ ।

शान्ति टोल विकास संस्थाका अध्यक्ष तथा ६ नम्बर वडाका टोल विकास संस्था समन्वय समितिका अध्यक्ष केशव धितालको अध्यक्षता तथा ६ नम्बर वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यमा पुस्तकालय उद्घाटन गरिएको हो । वडा अध्यक्ष चौलागाईले पुस्तकालयका लागि एकलाख रुपैयाँ उपलब्ध गराइने बताउनुभयो ।

कार्यक्रममा पत्रकार प्रताप विष्ट, वंशगोपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद लामिछाने, बद्रिबहादुर पाठकले पुस्तकालयको उपयोगिता बढाउनु जरुरी रहेको बताउनुभयो । पुस्तकालयलाई पुस्तकालय अभियान समूह मकवानपुरले ५० हजार रुपैयाँ बराबरको पुस्तक सहयोग गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*