सिआनद्धारा लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध सामुहिक छलफल कार्यक्रम आयोजना
अन्तर्राष्ट्रिय लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध सामुहिक छलफल कार्यक्रम शनिबार हेटौंडामा भएको छ ।
लागुऔषध प्रयोगकर्ताहरुको उपचार गर्दे आएको सिआन पुनस्थापना केन्द्र मकवानपुरले आज शनिबार हेटौंडामा अन्तराष्ट्रिय लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको दिवशको अवसर पारेर सामुहिक अन्र्तक्रिया कार्यक्रम गरेको हो ।
कार्यक्रममा पुर्व लागुऔषध प्रयोगकर्ताहरु , लागुऔषध प्रयोगकर्ताहरुको उपचार गर्दे आएका पुनस्थापना केन्द्रका सञ्चालकहरु , जनप्रतिनिधीहरु , विभिन्न संघसंस्था , प्रहरी , अधिवक्ता लगाएत सरोकारवाला निकायहरुसंग लागुऔषध उत्पादन ,ओसारपसारलाई नियन्त्रण गर्ने विषयमा छलफल गरीएको थियो ।
कार्यक्रममा बागमती प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाई , जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल , रिकभरिङ समुह बागमती प्रदेशका उपाध्यक्ष सौजन डिसी , जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौर , अधिवक्ता मदनकुमार दहाल लगाएत सरोकारवालाहरुको उपस्थिति रहेको थियो