लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवस मनाइँदै
आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदैछ । हरेक वर्ष जुन २६ मा विश्व समुदायलाई लागूऔषधको असर र कारोबारबाट मुक्त बनाउने उद्देश्यका साथ दिवस मनाउने गरिन्छ ।
नेपालमा यस वर्ष “लागूऔषधरहित परिवार स्वस्थ जीवनको आधार” भन्ने नाराका साथ यो दिवस मनाइदै छ । यस वर्षको अन्तर्राष्ट्रिय नारा भने “Share acts on Drugs, Save Lives” तय गरिएको छ । नेपालमा एक लाख ३० हजार ४ सय २४ जना लागूऔषध प्रयोगकर्ता रहेको पछिल्लो प्रतिवेदनमा उल्लेख छ । लागूऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ ले नेपालमा वार्षिक लाूुऔषध प्रयोगकर्ता वृद्धिदर ५ दशमलव ०६ प्रतिशत रहेको आकलन गरेको छ ।
दिवसको अवसरमा सिआन पुनर्स्थापना केन्द्र मकवानपुरले दिउँसो १ बजे सरोकारवाला व्यक्ति तथा संघ संस्थासँग सामुहिक छलफल कार्यक्रम गर्दैछ । त्यस्तै लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको क्रियाशिल संघ संस्थाको समन्वयमा ब्रिज अफ होपले बुद्धचोकमा साँझ ६ बजे दिप प्रज्वलन गर्ने भएको छ ।