कोरोना संक्रमणबाट मकवानपुरमा थप एकको मृत्यु,८९ संक्रमित थपिए

छहारी संवाददाता
असार ११, २०७८

मकवानपुरमा कोरोना संक्रमणका कारण शुक्रबार थप एक संक्रमितको मृत्यु भएको छ । योसंगै हालसम्म कोरोना संक्रमणका कारण मकवानपुरमा मृत्यु हुनेको संख्या १ सय २४ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ८९ जना संक्रमित थपिएका छन् । कुल २सय १३ जनाको परिक्षण गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै मकवानपुरमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय ६२ जना पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा ८१ जना कोरोनामुक्त भएका छन् । योसंगै हालसम्म ९ हजार ५ सय ४६ जना कोरोनामुक्त हुन सफल भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*