इन्द्रसरोवर गाउँपालिकाको आगामी आव २०७८/७९को बजेट ३८ करोड ४१ लाख
उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले आगामी आ.व.का लागि ३८ करोड ४१ लाख ५९ हजार ७ सय २६ रुपैयाँको बजेट नवौं गाउँ सभा मार्फत सार्वजनिक गरेको छ । गाउँपालिकाको नवौ गाउँ सभामा उपाध्यक्ष उमा कुमारी लामाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट उक्त रकमको बजेट विनियोजन गरिएको जानकारी दिईन् ।
उपाध्यक्ष लामाका अनुसार संचित कोष अनुमानित मौज्दातमा १ करोड ५० लाख, संघिय वित्तिय समानीकरण अनुदानमा ७ करोड ६५ लाख रुपैँया, संघिय सशर्त अनुदानमा ११ करोड ९४ लाख रुपैँया, संघीय राजश्व बाँडफाँड अनुदानमा ५ करोड ४४ लाख ४० हजार रुपैँया, संघिय राजश्व बाँडफाँड अनुदान (विद्युत रोयल्टी र वन) मा २ करोड २६ लाख ४७ हजार ७ सय ५९ रुपैँया र संघीय विशेष अनुदानमा १ करोड ८ लाख रुपैँया विनियोजन गरिएको छ ।
यस्तै यसैगरी बागमती प्रदेश सरकारबाट प्रदेश वित्तिय समानिकरण अनुदानमा ५८ लाख ३७ हजार रुपैँया, प्रदेश सशर्त चालु तथा पुुजीगत अनुदानमा १ करोड ४७ लाख ५६ हजार रुपैँया, प्रदेश राजश्व बाँडफाँड (सवारी साधन) अनुदानमा १ करोड ५० लाख ३९ हजार ९ सय ६७ रुपैँया, प्रदेश राजश्व बाँडफाँड (विभाज्य कोष) मा १ करोड ५१ लाख रुपैँया, प्रदेशमा बाँडफाँड हुने मनोरञ्जन विज्ञापन शुल्क २ लाख रुपैँया, प्रदेश समपुरक कोष अनुदानमा २ करोड ५३ लाख ५९ हजार रुपैँया, प्रदेश विशेष अनुदानमा २५ लाख र आन्तरिक आयमा ६५ लाख ७० हजार रुपैँया गरी जम्मा ३८ करोड ४१ लाख ५९ हजार ७ सय २६ रुपैयाँको बजेट ल्याएको हो ।
गाउँपालिकाका प्रमुख जीवन लामाले आगामी आ.व. २०७८/७९ मा गाउँपालिकाको नीति तथा कार्यक्रम सडक पूर्वाधार बिस्तार र स्तरोन्नती, कृषि र पशु क्षेत्रको उत्पादन बृद्धि, बालमैत्री, अपाङ्गता मैत्री, वातावरण मैत्री, सरसफाई युक्त गाउँपालिका, आधारभूत तहको पूर्वाधारको सूूविधा, प्रविधियुक्त इन्द्रसरोवर बनाउने र स्वास्थ्य सेवाको विकास, विस्तार तथा प्रत्येक नागरिकले स्वास्थ्य सेवा प्राप्त गर्ने अवसरको सुनिश्चितता गर्ने तर्फ केन्द्रित रहेको बताए ।
बिहिबार सम्पन्न सभा मार्फत आर्थिक विधेयक २०७८, विनियोजन विधेयक २०७८ र इन्द्रसरोवर गाउँपालिकाको “स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८” गरी ३ वटा विधेयक समेत पारित भएको छ । गाउँसभाको अर्को बैठक यहि असार २५ गते बस्ने गाउँपालिकाले जनाएको छ । साभारः थाहा टाइम्स ।