हेटौंंडा उपमहानगरपालिकाको आव २०७८/०७९ का लागि २ अर्ब ६० करोडको बजेट सार्वजनिक

छहारी संवाददाता
असार १०, २०७८

हेटौंंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । बिहिबार नवौं नगरसभामा उपप्रमुख मिना लामाले आर्थिक वर्ष २०७८र०७९ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि २ अर्ब ६० करोड १५ लाख ५२ हजार रूपैयाको बजेट सार्वजनिक गर्नु भएको हो ।

उपमहानगरपालिकाले पुर्वाधार विकास तर्फ १ अर्ब ३० करोड ४५ लाख ७६ हजार, आर्थिक विकास तर्फ १२ करोड ९८ लाख, सामाजिक विकास तर्फ ६३ करोड ९२ लाख ९९ हजार, स्वास्थ्य तर्फ ८ करोड ७६ लाख १० हजार, संस्कृति प्रवर्द्धन तर्फ २ करोड ३७ लाख बजेट छुट्याएको छ ।

यस्तै खेलकुद तथा मनोरञ्जन तर्फ ३ करोड ७२ लाख ८० हजार, लैंगिक समानता तथा सामाजिक समावेशीकरण तर्फ ३ करोड ७ लाख, वातावरण तथा विपद् व्यवस्थापन तर्फ ५ करोड ४४ लाख २२ हजार र संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ ३ करोड २९ लाख रुपैया छुट्याइएको छ ।

विनियोजित बजेटको खर्चमध्ये आन्तरिक स्रोतबाट २४ करोड ३८ लाख, राजस्व बाँडफाँडबाट ५६ करोड ८ लाख, प्रदेश सरकारका विभिन्न अनुदानबाट प्राप्त १२ करोड ६६ लाख, संघीय सरकारको अनुदानबाट १ अर्ब २ करोड, नगर विकास कोषको अनुदान ९ करोड र चालू वर्षको मौज्दातबाट ५६ करोड बेहोरिनेछ ।

यस्तै वडा तथा बस्तीस्तरीय पूर्वाधारका लागि ३२ करोड ७० लाख, हेटौंडामा बसपार्क र टर्मिनल भवन निर्माणका लागि १४ करोड, बहुउद्देश्यीय व्यापारिक भवन निर्माण सुरु गर्न १५ करोड, चक्रपथको स्तरोन्नति गर्न तीन करोड, संघ, प्रदेश र जिल्ला समन्वय समितिसँग साझेदारी आयोजना सञ्चालनका लागि ४ करोड ५० लाख रुपैयाँ तथा कर्रा करिडोर निर्माण गर्न १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको गरिएको छ ।

उपमहानगरले डाइलसिस मेसिन, प्लाज्मा उत्पादन मेसिन तथा स्वास्थ्य उपकरण खरिदका लागि ५५ लाख तथा औषधि खरिदका लागि ३७ लाख रुपैया विनियोजन गरेको छ । आगामी आर्थिक वर्षमा विभिन्न खेलकुद कार्यक्रमका लागि उपमहानगरपालिकाले ३ करोड ७२ लाख ८० हजार रुपैया विनियोजन गरेको छ । कान्तिपुरको सहयोगमा ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*