मकवानपुरका सबै स्थानीय तहको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट बिहिबार आउँदै
मकवानपुरका स्थानीय तहहरुको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट बिहिबार आउँदै छ ।
मकवानपुरका सबैजसो स्थानीय तहले आ आफ्नो सभामा आज नीति, कार्यक्रम र बजेट पेस गर्न लागेका हुन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनमा सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।
आजै बजेट ल्याउनुपर्ने कानूनी बाध्यताका कारण यसको सबै तयारी स्थानीय तहले पूरा गरेका छन् । मकवानपुरका सबैजसो स्थानीय तहले आज दिउसो बजेट प्रस्तुत गर्ने कार्यतालिका बनाएका छन् । स्थानीय तहका जनप्रतिनिधिका लागि यस वर्ष बजेट निर्माण गर्ने अन्तिम वर्ष हो । त्यसैले विगतको चुनावमा गरेको वाचा पूरा गर्ने र आगामी चुनावमा जनतालाई प्रभावित बनाउने खालको बजेट आउने अपेक्षा गरिएको छ ।