मकवानपुरमा बुधबार एक संक्रमितको मृत्यु, ६८ संक्रमित थपिए
मकवानपुरमा कोरोना संक्रमणका कारण बुधबार थप एक संक्रमितको मृत्यु भएको छ । योसंगै हालसम्म कोरोना संक्रमणका कारणमृत्यु हुनेको संख्या १२१ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
यस्तै आज ६८ जना संक्तमित थपिएका छन् । कुल २१६ जनाको परिक्षण गर्दा ६८ जनामा संक्रमण पुष्टि भएको हो । ति मध्ये सबैभन्दा धेरै ३३ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै थाहा नगरपालिकाका ६ जना, मनहरी गाउँपालिकाका १३ जना, मकवानपुरगढीका ४ जना, भीमफेदीका ३ जना, बकैयाका ६ जना, राक्सिराङ्गका २ जना र कैलाशका १ जना रहेको स्वास्थ्य कार्यलयले जनाएको छ । योसंगै मकवानपुरमा कोरोना संक्रमितको संख्या १० हजार ६ सय ११ पुगेको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा ९८ जना कोरोनामुक्त भएका छन् । योसंगै हालसम्म ९ हजार ४ सय १० जना कोरोनामुक्त हुन सफल भएको स्वास्थ्य कार्यलयले जनाएको छ ।