राजेन्द्र र ईन्द्रले जिते भेटन टेबल टेनिसको उपाधी
राजेन्द्र बज्राचार्य र ईन्द्र शेखर खड्काले ओलम्पिक डे को अवसरमा आयोजित भेटन्स टेबल टेनिसको उपाधी जितेका छन् । राजेन्द्रले ४५ बर्ष माथिको प्रतियोगितामा सुमन शाक्यलाई पराजित गर्दै उपाधी जितेका हुन् । सुशिल बज्राचार्य र अमिर बज्राचार्यले तेश्रो स्थान प्राप्त गरे ।
यस्तै ५५ बर्ष माथिको स्पर्धामा ईन्द्रले नेपाल टेलिभिजनका मनोहरी थापालाई पराजित गर्दै खेलाडीलाई उमेरले छेक्दैन भन्ने प्रमाणित गरे । तेश्रो स्थानमा प्रकास धाख्वा र सरदमान श्रेष्ठ रहे ।
बिजयी खेलाडीहरुलाई अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष, कार्यकारी निर्देशक चतुरानन्द राजबैद्यले मेडल तथा पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा ४५ खेलाडीहरुले सहभागिता जनाएको संघका उपाध्यक्ष एवं काठमाण्डौ जिल्ला टेबल टेनिस संघका अध्यक्ष धर्ममान बज्राचार्यले बताए ।
दिनेशले जिते टेनिस
नेपाल लनटेनिस संघले ओलम्पिक डे मनाउने क्रममा पदाधिकारीका विच टेनिस प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा दिनेश तुलाधरले पहिलो स्थान हात पारे । दोश्रो स्थानमा राजु श्रेष्ठ रहे ।
यस्तै विकाश जंगबहादुर राणा र केशव राज पाण्डे तेश्रो भए । बिजयी सवै संघका उपाध्यक्षहरु हुन् । बिजयी खेलाडीहरुलाई ओलम्पिक डे का संयोजक एवं स्पोर्टस् फर अलका अध्यक्ष बिष्णु गोपाल श्रेष्ठले मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए ।