मनहरी गाउँपालिकामा पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दो

ओम् फुयाल(अनिश आयु बाबा)
असार ८, २०७८

मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले पछिल्लो समय गाउँपालिकामा कोरोना संक्रमितको संख्या घट्दै गएको बताउनु भएको छ ।

वडा नम्बर ३ र ६ मा संक्रमितको संख्या बढी देखिएपनि अन्य वडाहरुमा क्रमश घट्दै गएको उहाँको भनाई छ । गाउँपालिकामा अहिलेसम्म ११ सय जनाको जाँच गर्दा ६ सय जनामा कोरोना पुष्टि भएको थियो । ति मध्ये २७० जना होम आइसोलेसनमा र १ सय जना गाउँपालिकाले निर्माण गरेको कोविड -१९ अस्थाई अस्पतालमा उपचार सेवा लिएर निको भई घर फर्किसकेको अध्यक्ष उप्रेतीले बताउनुभयो । अन्य संक्रमितहरुको भने उपचार भइरहेको छ ।

कोरोना संक्राणबाट मनहरीमा अहिलेसम्म १३ जनाको मृत्यु भइसकेको छ । उहाँले कोरोनाको जोखिम न्युनिकरणमा सहयोग पुर्याउने तथा विपदमा परेका बेला सहयोग गर्नेहरुलाई धन्यवाद दिनु भएको छ ।

यसैबीच गाउँपालिका अध्यक्ष उप्रेतीले कोरोनाको जोखिन न्युनिकरणसंगै लागूऔषध दुव्र्यसन निर्मुल पार्ने अभियानमा आफुहरु लागि रहेको बताउनु भएको छ । साना पाइलाको आयोजना तथा सिआन पुर्नस्थापना केन्द्रको सहजीकरणमा सोमबार मनहरीमा भएको राहत वितरण पश्चात छहारी नेटवर्कसंग कुरा गदै उहाँले सिआनसंगको सहकार्य जारी राख्ने बताउनुभयो ।

अध्यक्ष उप्रेतीले गाउँपालिकामा दुव्र्यसनीको संख्या बढेपछि सिआनसंग मिलेर चलाएको सचेतानामुलक अभियानले निकै फाइदा पुगेको बताउनुभयो । उहाँले दुव्र्यसनीमा फसेकालाई हेला र दुव्र्यबहार नगरी चेतना अभिबृद्धिका कार्यक्रम गर्दा प्रभावकारी हुने भन्दै सिआनसंगको सहकार्य सफलता उन्मुख रहेको बताउनुभयो । उहाँले लागूऔषध दुव्र्यसनी तत्काल शुन्य अवस्थामा झार्न नसकेपनि न्युन अवस्थामा ल्याउन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*