हेटौंडा आँखा अस्पताललाई दश लाख रुपैयाँ हस्तान्तरण

ओम प्रसाद फुयाल (अनिश आयु बाबा )
असार ६, २०७८

हेटौंडा उपमहानगरपालिकाले हेटौंडा सामुदायिक आँखा अस्पताललाई दश लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।आईतबार उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले आँखा अस्पतालमा आँखा जाँच गराउने मेसिन स्लीपल्याण्ड खरिद गर्नका लागि दश लाख रुपैयाँ हस्तान्तरण गर्नुभएको हो ।

अस्पतालमा मेसिन नहुँदा पहिले देखिनै बिरामी जाँच गराउन आउँदा लाइनमा बस्नुपर्ने बाध्यता रहेको र अब भने यो बाध्यता हटेको अस्पतालका डाक्टर सुनिल थकालीले बताउनुभयो । मकवानपुर र आसपासका जिल्लाहरुबाट समेत आँखाको जाँच गर्न मानिसहरु आउने गरेकोमा मेसिनको अभावमा ढिला सुस्ती भएको जानकारी भएपछि विशुद्ध सामाजिक सेवामा केन्द्रित भएर लागेको संस्थालाई सहयोगको भावले रकम हस्तान्तरण गरिएको मेयर महतले बताउनुभयो ।

आखा अस्पतालका बरिष्ठ प्रशासकिय अधिकृत सुधिर श्रेष्ठले हेटौडा उपमहानगरपालिकाबाट वार्षिक रुपमा आखा स्वास्थ्य सम्बन्धि कार्यक्रम गर्न सहयोग प्राप्त भई रहेको र यस वर्ष अस्पतालको लागि आवश्यक उपकरणकोलागि थप सहयोग प्राप्त भएको बताउनु भयो ।कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई, लेखा अधिकृत जेकप श्रेष्ठ, सूचना अधिकृत भानुभक्त थपलीया, आँखा अस्पतालका संरक्षक शिद्धीलाल श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*