नेपालमा २४ घण्टामा थप ३४ संक्रमितको मृत्यु, २,४०१ नयाँ संक्रमित थपिए
नेपालमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ३४ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ६७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २ हजार ४०१ जना नयाँ संक्रमित थपिएका छन् । ११ हजार ६ सय ९६ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै नेपालमा कुल संक्रमित संख्या ६ लाख ४५ हजार २०९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६६० जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ५३ हजार ३४२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।