एनआरएनए साउदीको आठौँ राष्ट्रीय महाधिवेशनको मिती सार्वजनिक:

ओम फुयाल ( अनीश आयु बाबा )
असार २, २०७८

गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रीय महाधिवेशन नजिकिदै गर्दा संघको अन्तर्राष्ट्रीय समन्वय परिषद मातहतका राष्ट्रीय समन्वय परिषदहरूको कामकार्बाहीहरु राष्ट्रीय महाधिवेशन तर्फ केन्द्रित भएको छ।

ओमन लगायत केही राष्ट्रीय महाधिवेशन सम्पन्न भईसकेको छ भने अन्य राष्ट्रीय समन्वय परिषदहरू सोही कार्यमा होमिएको देखिन्छ। अन्तर्राष्ट्रीय महाधिवेशनमा यसको ठूलो प्रभाव रहने भएकोले पनि राष्ट्रीय महाधिवेशनहरूलाई महत्त्वका साथ हेरिने गरिन्छ।

यसै सन्दर्भमा संघका राष्ट्रीय समन्वय परिषद साउदीको अन्तिम तथा १२ औँ पूर्ण बैठकले निर्वाचन आचार संहिता जारी गर्दै अगामी जुलाई महिनाको ३० तारिकमा आफ्नो राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ। राष्ट्रिय महाधिवेशन मार्फत आगामी कार्यकाल २०२१-२३ का लागि नयाँ कार्यसमिति चयन हुनेछन् ।

अन्तराष्ट्रिय समन्वय परिषद्वारा गत १८ अप्रिल, २०२१ मा पारित राष्ट्रिय महाधिवेशन सञ्चलन नियमावली २०२१ अनुसार आगामी जुलाइ २०२१ भित्र सबै राष्ट्रिय समन्वय परिषदहरूले अधिवशेन सम्पन्न गरिसक्नु पर्नेछ । उक्त महाधिवेशन बारे जानकारी दिँदै संघका महासचिव उमेश भट्टराईले संघका उपाध्यक्षहरूको संयोजकत्वमा विभिन्न समितिहरू गठन गरिएको र सम्बन्धीत समितिहरूले महाधिवेशनको लागी छुट्टा छुट्टै आ-आफ्नो जिम्मेवारी बहन गरिने जनाएको छ।

महासचिव भट्टराईका अनुसार संघले निर्वाचन निर्देशिका एवम् नियमावली २०२१ सर्वसमतिले पारित गर्दै आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न मध्यपूर्व क्षेत्रीय सह संयोजक राजेन्द्र अर्यालको संयोजकत्वमा ३ सदस्यिय राष्ट्रिय महाधिवेशन निर्बाचन समिति गठन गरेको छ भने उक्त निर्वाचन समितिले राष्ट्रिय महाधिवेशन निर्वाचन निर्देशिका नियमावली २०२१, एनसीसी साउदि अरबको बिधि बिधान, आइसिसिको बिधान र आइसिसिद्वारा निर्दिष्ठ राष्ट्रिय महाधिवेशन सञ्चलन नियमावली २०२१ लाई आधार मानी आफ्नो कार्यभार पूरा गर्ने छन् ।

तसैगरी आइसिसि सदस्य यास्मिन बेगम संयोजक रहने गरि ५ सदस्यीय महाधिवेशन अनुगमन समिति र उनै बेगमकै संयोजकत्वमा समितीले एक जना सदस्य थप्ने गरी ४ सदस्यीय विधान संशोधन समिति गठन गरिएको छ। संघले उक्त १२ औँ नियमित बैठक बाटै संघको बरिष्ठ उपाध्यक्ष ध्रुव जिजालको संयोजकत्वमा ७ सदस्यीय आन्तरिक कोष अडिट तथा लेखा समिति, उपाध्यक्ष विशाल श्रेष्ठको संयोजकत्वमा क्षेत्रिय अध्यक्षहरू सहितको ९ सदस्यीय कार्यप्रगती प्रतिवेदन समिति र अर्का उपाध्यक्ष रोशन श्रेष्ठको संयोजकत्वमा १० सदस्यीय प्रचार प्रसार समिति गठन गरिएको छ।

यो राष्ट्रीय महाधिवेशन संगै २०१९/२०२१ कागी निर्वाचित गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषदको कार्यकाल यही आउँदो जुलाई मसान्तमा सकिने छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*