जेष्ठ नागरिक आश्रय स्थल दिव्य सेवा निकेतनलाई खाद्यान्न सहयोग
हेटौडा वडा नम्बर १५ रातोमाटेमा रहेको जेष्ठ नागरिक आश्रय स्थल दिव्य सेवा निकेतनलाई शुक्रबार खाद्यान्न सहयोग गरिएको छ ।
यसअघि दाताहरुबाट विभिन्न उत्सब, जन्मदिन, बैबाहिक बर्षगाठहरुमा बाक्लै संख्यामा सहयोग हुँदै आएपनि पछिल्लो रोकिएको थियो । कोरोना नियन्त्रणका लागि जारी गरीएको निषेधाज्ञाका कारण दाताहरुबाट विभिन्न उत्सबमा गर्ने सहयोग रोकिएपछि निकेतनमा खाद्यान्नको अभाव हुन नदिन सहयोग गरीएको हेटौडा ७ नागस्वतीका युवा व्यवसायी स्मृति टोलका अध्यक्ष रामकृष्ण भट्टले बताउनुभयो ।
युवा व्यवसायीहरु हेटौडा ७ का राजकुमार बानिँया, रामकृष्ण भट्ट, सन्तुमाया प्राखिन, हेम अधिकारी र हेटौडा ६ का महेश सापकोटाले संयुक्त रुपमा निकेतलाई २५ हजार बराबरको खाद्यान्न सहयोग गर्नु भएको हो । उक्त समूहले यसअघि पनि अग्र पंक्तिमा रही विभिन्न खाले सहयोग गर्दै समाजसेवा मुलक कामहरु गदै आएको छ ।
यस जेष्ठ नागरिक आश्रय स्थल दिव्य सेवा निकेतनमा ३१ जना बृद्धहरु आश्रित छन् ।