गण्डकीका खेलकुद मन्त्री दीपक मनाङे बर्खास्त, अब विपक्षी गठबन्धनलाई सहयोग गर्ने

छहारी संवाददाता
जेष्ठ २८, २०७८

गण्डकीका खेलकुद मन्त्री दीपक मनाङे बर्खास्त, अब विपक्षी गठबन्धनलाई सहयोग गर्ने
गण्डकी प्रदेशको कामचलाउ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ लाई हटाउनुभएको छ । सरकारका बहालवाला मन्त्रीले नै सरकारलाई विश्वासको मत नदिएको भन्दै कामचलाउ मुख्यमन्त्री गुरुङले मनाङेलाई हटाउनुभएको हो ।

गुरुङले बिहीवार (हिजो) बेलुकी नै मनाङेलाई मन्त्रीबाट बर्खास्त गरेर प्रदेश प्रमुखलाई जानकारी गराइ सक्नुभएको छ । हिजो विश्वासको मत लिँदा मन्त्री मनाङे प्रदेश सभा बैठकमा अनुपस्थित हुनुभएको थियो ।

कामचलाउ मुख्यमन्त्री गुरुङकाे पत्र

यस्तै मन्त्री पदबाट बर्खास्त भएपछि मनाङेले पनि राजीनामा पत्र सार्वजनिक गर्नुभएको छ । उहाँले राजीनामा पत्र आज मुख्यमन्त्री गुरुङलाई बुझाउँदै हुनुहुन्छ ।  साभारः उज्लायो अनलाइन ।

दीपक मनाङेकाे राजीनामा पत्र

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*