मकवानपुरमा मंगलबार १ जनाको मृत्यु, ७३ संक्रमित थपीए
मकवानपुरमा कोरोना संक्रमणका कारण मंगलबार १ जनाको मृत्यु भएको छ ।
थप ७३ जना संक्रमित थपिएका छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचाररत हेटौंडा ९ कि ४१ बर्षकी महिलाको मृत्यु भएको हो । अस्पतालका अनुसार हालसम्म अस्पतालमा उपचारको क्रममा २७ महिला र ५० पुरुष गरी ७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यसैगरी कोरोना जाँच गर्दा ७३ जनामा पुष्टि भएको हो । ४३ जनाको पीसीआर परिक्षणबाट र ३० जनाको एन्टीजेन परिक्षणबाट कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।