निषेधाज्ञाको समयमा तास खेल्ने मकवानपुरका पाँच जना पक्राउ
मकवानपुर प्रहरीले निषेधाज्ञाको समयमा तास खेल्ने पाँच जनालाई मंगलबार पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नं।४ बैकरोडस्थित एकघरबाट नगद सहित पाँच जना जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
प्रवक्ता जयश्वर रिमालका अनुसार उनीको साथबाट तीन बुकतास र नगद रु २८ हजार बरामद गरीएको छ । पक्राउ परेको ब्यक्तिको पहिचान खुलाउन नसकिने उनले बताए । प्रहरीले उनीहरुलाई म्याथ थप गरी कारवाहीको प्रक्रिया अगाडी बढाईएको जनाएको छ।