मकवानपुरका ९६ स्वास्थ्य संस्थाबाट कोरोना बिरुद्धको खोप लगाईदै
मकवानपुरका १० स्थानीय तहका ९६ वटा स्वास्थ्य संस्थाबाट कोरोना भाइरस बिरुद्धको खोप लगाइने भएको छ ।
मंगलबार हेटौंडा उपमहानगरपालिकाको एउटा स्वास्थ्य संस्था र बागमती गाउँपालिकाको एउटा स्वास्थ्य संस्थाबाट मात्र खोप लगाइएको छ भने बुधबारदेखि पालै पालो हरेक स्थानीय तहका स्वास्थ्य संस्थाबाट खोप लगाइने स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले जानकारी दिनुभयो ।
चिनबाट ल्याइएको खोप ६२ देखि ६४ वर्ष उमेर समुहका छ हजार पाँच सय नागरिकलाई खोप लगाउन लागिएको छ ।जिल्लाको हकमा ६२–६४ वर्ष उमेर समूहलाई प्राथमिकता दिन परिपत्र मार्फत् आग्रह गरिएको छ । ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकको लागि खोप दिने भनिए पनि पर्याप्त खोप नभएकोले माथिल्लो उमेरका ज्येष्ठ नागरिकलाई प्राथमिकता दिने र उपलब्धताको आधारमा बाँकीलाई खोप दिन आग्रह गरिएको छ ।
काठमाडौं उपत्यकाका तीनै जिल्लामा परिपत्र अनुसार ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप उपलब्ध गराइने भएको छ भने पर्याप्तताको आधारमा ६० र ६१ वर्ष उमेर समूहलाई प्राथमिकता दिइने भएको छ ।