मकवानपुरमा थप २२४ जना कोरोना मुक्त, निको हुनेको संख्या ७ हजार ४ सय ९ पुग्यो
मकवानपुरमा पछिल्लो २४ घण्टामा थप २२४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसंगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या ७ हजार ४ सय ९ पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जानकारी दिएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा ९२ जना संक्रमित थपिएका छन् । ११० जनाको पिसिआर परीक्षण गर्दा ५० र ३२६ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ गरी सोमबार ९२ जना संक्रमित थपिएका छन् । योसंगै मकवानपुरमा कोरोना संक्रमितको कुल संख्या ९ हजार ४ सय २३ पुगेको कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हाल १ हजार ८ सय ९५ जना सक्रिय संक्रमित उपचारत रहेका छन् । यस्तै मकवानपुरमा हालसम्म १०५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । तिमध्ये सबैभन्दा बढी ७८ जना हेटौडा उपमहानगरपालिकाका छन् भने थाहा नगरपालिकाका ८ जना रहेको छन् ।
यस्तै मनहरी गाउँपालिकाको ६ जना, मकवानपुरगढी गाउँपालिकाका ५, भिमफेदी र बकैया गाउँपालिकाको ३/३ जना र बागमती, राक्सिराङ्ग १/१ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय मकवापुरले जनाएको छ ।