मकवानपुरमा १२८ जना संक्रमित थपिँदा २१० जना निको भए
मकवानपुर पछिल्लो २४ घण्टामा थप १२८ जना कोरोना संक्रमित थपिएका छन् ।
संक्रमित मध्ये सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिका क्षेत्रका छन् । संक्रमण पुष्टि भएका मध्ये ६५ जनाको पीसीआर परिक्षणबाट र ६३ जनाको एन्टीजेन परिक्षणबाट कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । हालसम्म मकवानपुर जिल्लामा २९ हजार ३ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हाल सम्म मकवानपुरमा ९ सय ५४ जनाले क्वारेन्टाइनबाट सेवा लिएका छन् । पछील्लो २४ घण्टामा २१० जना कोरोना मुक्त भएका छन । विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका २१० जना शनिबार संक्रमण मुक्त भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।