मकवानपुरमा शनिबार ५ जना कोरोना संक्रमितको मृत्यु

छहारी संवाददाता
जेष्ठ २२, २०७८

कोरोना संक्रमणका कारण मकवानपुरमा शनिबार ५ जनाको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचारको क्रममा ५ जना संक्रमित बिरामीको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा मकवानपुर जिल्लाका ३ जना र अन्य जिल्लाका २ जना रहेको कार्यलयले जनाएको छ।

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–१ का ५५ बवर्षका पुरुष, हेटौंडा–४ का ५६ बर्षका पुरुष र हेटौंडा ५ की ७२ बर्षका पुरुषको मृत्यु भएको हो । यस्तै बाराका ४२ बर्षका पुरुष र सिन्धुीका ६६ बर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । योसंगै कोरोना संक्रमणका कारण मकवानपुरमा मृत्यु हुनेको संख्या १०३ पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*