सामुदायिक रेस्पोन्स कार्यदलद्वारा बृक्षारोपण तथा हात धुने धारा जडान
विश्व वातावरण दिवसको अवसरमा हेटौडा उपमहानगरपालिका वडा नं. ६ र १७ मा बृक्षारोपण तथा हात धुने धारा जडान कार्यक्रम सम्पन्न भएको छ ।
कोभिड १९ सामुदायिक रेस्पोन्स कार्यदल हेटौडा ६ र १७ को आयोजनामा सात स्थानमा हात धुने धारा राखिएको कार्यदलका संयोजक समेत रहनुभएका ६ नं। वडा अध्यक्ष अजुन प्रसाद चौलागाईले बताउनुभयो । मदन भण्डारी बिज्ञान प्रतिष्ठानका सदस्य उत्सव चौलागाई र वडा अध्यक्ष चौलागाईले सयुक्त रुपमा हात धोएर कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
कार्यदलले हटौडा १७ को सालकपार्क, गैरीगाउको बृद्धाआश्रम तथा हेटौडा ६ को चुच्चेखोला, चौघडा, न्युरेनी, पुतलीबजार र हात्तीलेटमा गरी सात स्थानमा ट्यानकी सहित धारा राखिएको हो । यसै अवसरमा हेटौडा ६ मा सरसफाई तथा बृक्षारोपण पनि गरिएको थियो ।