गौरिटार आइशोलेसनलाई औषधि र स्वास्थ्य सामाग्री सहयोग
हेटौंडा ६ गौरिटारमा रहेको गौरिटार आइशोलेसन सेन्टरमा फार्मेसी संघले स्वास्थ्य सामाग्री र औषधि सहयोग गरेको छ। नेपाल फार्मेसी संघ मकवानपुरले हेटौडा ६ गौरिटारमा रहेको संस्थागत आइशोलेसनलाइ औषधि र स्वास्थ्य सामाग्री सहयोग गरेको हो।
संघ मकवानपुरको अध्यक्ष किसन गुप्ता नेतृत्वमा गएको टोलीले शनिबार बिहान आइशोलेसनमै पुगेर भिटामिन सी, भिटामिन बि कम्प्लेक्स,सर्जिकल मास्क,पञ्जा,फेस सिल्ड,सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री र औषधि सहयोग गरेको हो।आइशोलेसनमा कोरोना पुष्टि भइ उपचार गराइरहेका बिरामीलाई उक्त स्वास्थ्य सामाग्री र औषधि सहयोग गरेको अध्यक्ष गुप्ताले बताए।