अफिनद्वारा पत्रकार महासंघ मकवानपुरलाई ५० थान फेस सिल्ड सहयोग

छहारी संवाददाता
जेष्ठ २०, २०७८

कोरोना संक्रमणको जोखिममा पनि फ्रन्टलाइनमा बसेर काम गर्ने संचारकर्मीलाई स्वास्थ्य सामग्री सहयोग आउने क्रम जारी छ । महामारीको जोखिममा पनि काम गर्नुपर्ने संचारकर्मीको बाध्यतालाई बुझेर विभिन्न व्यक्ति तथा संघसंस्थाले स्वास्थ्य सामग्रीहरु सहयोग गरिरहका छन् ।

यसैक्रममा निजी क्षेत्रबाट संचालित अस्पतालहरुको छाता संगठन अफिनले नेपाल पत्रकार महासंघलाई ५० थान फेस सिल्ड उपलब्ध गराएको छ । अफिनका विष्णु गोपाल महर्जनले पत्रकार महासंघ उपाध्यक्ष सरला अधिकारीलाई ५० थान फेस सिल्ड हस्तान्तरण गर्नु भएको हो ।

यस्तै आजै बिहान नेपाल रेड्क्रस सोसाइटी मकवानपुरले पत्रकार महासंघ जिल्ला शाखालाई २ हजार मास्क सहयोग गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*