थाहा नगरपालिका–१० का युवा सडकका भोकाहरुलाई खाना खुवाउन संगठित

मञ्जरी बलामी
जेष्ठ २०, २०७८

मकवानपुरको थाहा नगरपालिकाका–१० का युवाहरु सडकका भोकाहरुलाई खाना खुवाउन संगठित भएर लागि परेका छन् ।

“थाहा युथ इन्भेस्टमेन्ट” नामक संस्थाको स्थापना गरी युवाहरु कोरोना भाइरस ९कोभिड १९० को यस विषम परिस्थितीमा मानव सेवामा लागेका हुन् । “भोकमुक्त, नाङ्गोमुक्त, भेदभावमुक्त” भन्ने नाराका साथ अघि बढिरहेको युुवाहरुले सडकमा भोकै रहेका नागरिकको भोक मेटाउन सहयोग गरिरहेका छन् ।

थाहा युथ इन्भेष्टमेन्टले काठमाण्डौँको विभिन्न स्थानमा दैनिक चारसय पचास देखि पाँचसय जना नागरिकलाई निःशुल्क खाना वितरण गर्दै आएको छ । लक डाउनका कारण रोजगारी गुमेर भोकमरीमा परेका, खान नपाएका, बन्दाबन्दीले भोकै परेका मजदुरहरुलाई करिब १५ दिनदेखि खाना वितरण गर्दै आएको समितिका सचिब जितेन्द्र मगरले जानकारी दिए ।

थाहाका ८ जना युवाहरु मिलेर आफैले जम्मा गरेको रकमबाट अभियान सुरुवात गरिए पनि हाल विभिन्न ठाउँबाट सहयोगहरु पाउन थालेको उनले बताए । सामाजिक कार्यमा क्रियाशील थाहा युथ इन्भेस्टमेन्टले केही दिन अघिमात्र थाहा नगरपालिकालाई समेत ८ हजार पिस माक्स, २५ लिटर सेनिटाइजर, १० थान पिपिइ सेट, एउटा थर्मल गण र एउटा अक्सीमिटर सहयोग गरेको थियो ।

समितिले विभिन्न कारणले समस्यामा परेकाहरुलाई निःशुल्क खाना, खाद्यान्न वितरण र निःशुल्क अक्सिजन सिलिन्डर सहयोग गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*