बिहिबार हेटौंडाका तीन उद्योगमा प्रशासनको अनुगमन(तस्वीरहरु)

छहारी संवाददाता
जेष्ठ २०, २०७८

जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहिबार हेटौंडाका तीन उद्योगमा स्थलगत अनुगमन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले कोरोना संक्रमणको समयमा मजदुरहरुको अबस्था र स्वास्थ्य मापदण्डको अबस्था पालना भए/नभको बारे अनुगमन गर्नुभएको हो । प्रजिअ पाण्डेले हेटौंडाको चुरीयामाइमा रहेको रिद्धिसिद्धी सिमेन्ट उद्योग, हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेको एन्ट्राटीक बिस्कुट र आरएम केमीकल्स नेपालमा अनुगमन गर्नु भएको हो ।

अनुगमनका क्रममा रिद्धिसिद्धी सिमेण्टमा मानव संयन्त्र भन्दा धेरै रोबोटको प्रयोग भएकोले कामदारहरु थोरै रहेको पाइएको थियो । ठुलो प्रतिष्ठान भएकोले उक्त उद्योगले स्वास्थ्य मापदण्ड भने पुरा गरेको पाइयो । यद्यपी उद्योगले संक्रमित कर्मचारीलाई भने घरमा पठाएकोले अबको दिनमा उद्योगको आइसोलेसन मै राख्न प्रजिअ पाण्डेले निर्देशन दिनुभएको छ ।

यस्तै प्रजिअ पाण्डेले बिस्कुट उद्योग र साबुन उद्योगमा भने काम गरेका मजदुरले सामाजिक दुरी कायम नगरेको, स्वास्थ्य साबधानीमा ध्यान नदिएको पाइएकोले तीनदिनभित्र सबैको कोरोना परिक्षण गरेर संक्रमितलाई उद्योग आफैले आइसोलेसन संचालन गरेर व्यवस्थापन मिलाउन निर्देशन दिनुभएको छ ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकिय अधिकृत देबचन्द्र गर्ताैला, मकवानपुरका संचारकर्मीहरु लगाएतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*