पत्रकार महासंघ मकवानपुरलाई रेडक्रस जिल्ला शाखाद्वारा २ हजार मास्क सहयोग

छहारी संवाददाता
जेष्ठ २०, २०७८

नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाले कोरोना संक्रमणको जोखिममा पनि दिनरात नभनि खटिने फ्रन्टलाइनरहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

शाखाले नेपाल पत्रकार महासंघ मकवानपुर शाखा र आफ्ना उपशाखाहरु मार्फत स्थानिय तहका फ्रन्टलाइनरलाई वितरण गर्ने गरि बिहिबार मास्क, स्यानिटाइजर उपलब्ध गराएको हो । रेडक्रस जिल्ला शाखाका सभापती सूर्यचन्द्र न्यौपानले आज एक कार्यक्रमका बीच उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको हो ।

केन्द्र र प्रदेशबाट संस्थागत वितरणका लागि उपलब्ध भएको २० हजार मास्क र सरकारी निकायमा वितरणका लािग आएको १० हजार मेडिकल मास्क शाखाले वितरण गरेको हो । महामारीको समयमा संचारकर्मी फ्रन्ट लाइनमा रहेर काम गर्दा जोखिम बढी हुने भएकाले उनिहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर न्यौपानेले पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारीलाई २ हजार पिस मेडिकल मास्क सहयोग गर्नुभएको हो ।

यस्तै स्थानिय तहमा रहेका रेडक्रसका उपशाखाहरुलाई ४ सयका दरले मेडिकल मास्क हस्तान्तरण गरिएको छ । जिल्ला शाखाले हेटौडा उपमहानगरपालिकालाई ५ हजार मास्क उपलब्ध गराउने जानकारी दिएको छ भने थाहा नगरपालिकामा ३५ सय मास्क हस्तान्तरण गरिसकेको जनाएको छ । यस्तै बकैया र बागमती गाउँपालिकाहरुमा १५ सयको दरले र अन्य गाउँपालिकामा जनसंख्याको हिसाबले १२ सयका दरले मास्क वितरण गरिएको छ ।

बाँकी १० हजार मास्क आफ्नै स्रोत साधनमा पनि फ्रन्ट लाइनमा काम गर्ने अस्पतालका स्वास्थ्यकर्मी, आइसोलेसन, सुरक्षाकर्मी लगायतलाई वितरण गरिने शाखाले जनाएको छ । केन्द्रबाट प्राप्त, दुई थान अक्सिजन कन्सन्टेटर (प्रति घण्टा ७ किलो अक्सिना उत्पादन हुने) थाहा नगरपालिका र मनहरी गाउँपालिकाको कोविड अस्पताललाई हस्तान्तरण गरेरिएको शाखाले जनाएको छ । यसअघि नेपाली सेना र जनस्वास्थ्य कार्यालय मार्फत ८० थान सब प्याक गर्ने व्याग, एम्बुलेन्स चालकहरुलाई पिपिई सेट लगायतको स्वास्थ्य सामग्री उपलब्ध गराएको  जिल्ला शाखाले जनाएको छ ।

जिल्ला शाखा सभापति न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा पत्रकार महासंघ जिल्ला शाखा उपाध्यक्ष सरला अधिकारी, रेडक्रस जिल्ला शाखाका कोषाध्यक्ष पिताम्बर बास्तोला, जिल्ला सदस्य सुमित्रा काफ्ले, ४ नम्बर वडा सभापति शिवहरी दाहाल, ५ नम्बरका सभापति पदम् बजगाई, ७ नम्बर नागस्वतीका सभापति ध्रुव चौलागाई, ८ नम्बर सभापित केशव शाही, ९ नम्बर सभापति जनक लम्साल, वडा नम्बर १,२,३ का कोषाध्यक्ष राममणी ढुंगाना, आमभञ्ज्याङका रामजी सापकोटा, गढीका कृष्ण कंडेल लगायतकाको उपस्थिती रहेको थियो ।

कार्यक्रम रेडक्रस जिल्ला शाखाको मन्त्री खेम सापकोटाले संचालन गर्नु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*