मकवानपुरमा जेठ ३१ गतेसम्म निषेधज्ञा जारी रहने
कोभिड संकट व्यवस्थापन केन्द्र मकवानपुर (डिसीसीएमसी)को बैठकले जिल्लामा निषेधज्ञा जारी राख्न सिफारिस गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बुधबार बसेको समितिको बैठकले कोरोनाको जोखिम अझै कम भइनसकेकाले जेठ ३१ गतेसम्म निषेधज्ञा जारी राख्न सिफारिस गरेको हो । पछिल्लो पटक जेठ २० गतेसम्मका लागि थप गरिएको निषेधज्ञा बिहिबार भोली सकिँदैछ ।
बैठकको सिफारिस अनुसार मकवानपुरमा जेठ ३१ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी रहनेछ । समितिको बैठकले निषेधज्ञा लम्बिए पनि अत्यावश्यक सेवाहरु केहि खुकलो गर्ने निर्णय गरेको छ । जसअन्तरगत खाद्यान्न, तरकारी तथा फलफुल पसल प्रत्येक दिन बिहान ४ देखि ८ बजेसम्म सञ्चालनमा आउनेछन् ।
यस्तै बैंकहरु हप्ताको तीन दिन ९आईतबार, मंगलबार र बिहिबार० बिहान १० देखि दिउँसो २ बजेसम्म सञ्चालनमा आउनेछन् । वित्तीय संस्था तथा सहकारी, सार्वजनिक यातायात पूर्ण रुपमा बन्दनै रहनेछन् । यस्तै बढी भिडभाड हुने खोपेगल्ली तथा हेटौंडा बसपार्कको खुद्रा तरकारी पसल, मार्ट र डिपाटमेन्ट स्टोरहरु पनि बन्द रहने जिल्ला प्रशासनले जनाएको छ ।