खाना र छाना बिना जनता बस्न पर्दैन भन्ने सरकार निरिह देखियोः बानियाँ
नेपाली कांग्रेस संसदीय दल बागमती प्रदेशका नेता इन्द्र बहादुर बानियाँले सरकार जनता प्रति जिम्मेवार बन्न नसकेको टिप्पणी गर्नु भएको छ ।
बुधबार निजी क्षेत्रबाट संचालित पल्पसा आइसोलेशन सेन्टरको उद्घाटन गर्दै उहाँले सरकारका प्रधानमन्त्रीले कोरोनाको जोखिममा गरिब जनताको उत्तरदायित्व लिन नसकेको आरोप लगाउनुभयो । तिन महिनामा नेपाली जनतालाई खोपको व्यवस्था मिलाउने बताएका प्रधानमन्त्रीले समस्यामा परेका गरिब जनता, किसान, मजदुरले खाना पाएकी पाएनन् भन्ने वास्तासम्म नगरेको उहाँको भनाई छ ।
नेता बानियाँले खाना र छाना बिना जनता बस्न पर्दैन भन्ने सरकार निरिह देखिएको टिप्पणी गर्नुभयो । उहाँले कुनै राजनितीक दलको समर्थन र साथ बिना पनि निजी क्षेत्रले देखाएको मानवियता प्रति धन्यवाद दिनुभयो । उहाँले पार्टीको तर्फबाट जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।
यस्तै कार्यक्रममा बागमती प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामीले एकले अर्कोको बिरोध गर्नुभन्दा पनि सबै जुटेमा कोरोना परास्त गर्न सकिने बताउनुभयो । कोरोना नियन्त्रणमा निजिक्षेत्रको यस्तो कार्यमा आफ्नो साथ रहने उहाँको भनाइ छ ।
त्यसैगरी प्रदेशसभा सदस्य मुनु सिग्देलले निजि क्षेत्रले गरेको उदाहरणिय कार्यमा आफुले सक्दो सहयोग गर्ने बताउनुभयो । निजी क्षेत्रले संचालन गरेको कोभिड हेल्प डेस्क मकवानपुरले बुधबारदेखि ३० बेडको पल्पसा आइसोलेशन सेन्टर संचालनमा ल्याएको छ ।
निम्न स्तरका बिरामीलाई सेवा दिने उदेश्यले आइसोलेसन संचालनमा ल्याइएको मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष एबम् कोभिड हेल्प डेस्कका संयोजक कृष्ण कटुवालले जानकारी दिनुभयो । आइसोलेसनमा अक्सिजन सहित पूरुषको लागि २० र महिलाको लागि १० वटा बेडको व्यवस्था गरिएको छ । आइसोलेशनमा स्वास्थ्यकर्मीहरुले निरन्तर सेवा दिनेछन् भने बिरामीका लािग टेलिभिजन र इन्टरनेटको समते व्यवस्था गरिएको छ ।