हटौंडा अस्पतालका स्वास्थ्यकर्मीलाई ‘इनास’को सहयोग

छहारी संवाददाता
जेष्ठ १९, २०७८

कोरोना संक्रमणको जोखिममा खटिएका मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हटौंडा अस्पतालका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री सहयोग आउने क्रम जारी छ ।

अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास)युएईको सहयोगमा बुधबार अस्पतालका स्वास्थ्यकर्मीहरुलाई ३५ थान पिपिइ सहयोग गरिएको हो । इनासका पूर्व महासचिव एलिसराज सञ्जेल र तरुण दल नगर अध्यक्ष सुनिल गिरीले संयुक्त रुपमा अस्पतालका अध्यक्ष राजेश प्रसाईलाई पिपिइ हस्तान्तरण गर्नुभयो ।

पिपिइ बुझ्दै अस्पतालका अध्यक्ष प्रसाइले सबै क्षेत्रबाट भइरहेको सहयोगले नै यो संकटको सामना गर्न सहज भइरहेको बताउनुभयो । उहाँले सबै दाताहरुलाई धन्यवाद समेत दिनुभएको छ । तरुण दल नगर समितिको संयोजनमा इनासका अध्यक्ष राम तामाङ सहितका पदाधिकारी र ग्लोबल आइसिसीले पिपिइ सहयोग गरेको हो ।

पिपिइ हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस नगर सभापति आनन्दराम पराजुली, कोभिड अनुगमन समितिका संयोजक उत्सव इटेनी लगायत स्वास्थ्यकर्मी, तरुण दलका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*