शिवम् सिमेण्ट उद्योगमा मकवानपुर प्रशासनको अनुगमन(तस्वीरहरु)

छहारी संवाददाता
जेष्ठ १८, २०७८

जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडामा संचालित शिवम् सिमेण्ट उद्योगमा कोरोनाको जोखिम न्युनिकरणका लागि स्वास्थ्य मापदण्ड पुरा गरे/नगरेको बारे स्थलगत अनुगमन गरेको छ ।

संक्रमितको अबस्था, स्वास्थ्य मापदण्ड पुरा गरे/नगरेको लगाएतको बिषयमा प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले उद्योगका प्रतिनिधीसंग स्थलगत जानकारी लिनुभएको हो । संचालकका अनुसार हाल उद्योगमा उत्पादन कम भएकाले थोरै कामदारबाट कारखाना संचालन भएको देखिएको भन्दै प्रजिअ पाण्डेले अनुगमनका क्रममा सामाजिक दुरी लयगातका मापदण्ड पुरा गरेको पाइएको बताउनुभयो ।

उहाँले  उद्योगले संचालन गरेको आइसोलेसन वार्डको समेत अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा उद्योगले आफैले संचालन गरेको आइसोलेसनमा आफ्ना संक्रमित कर्मचारीको उपचार गरेको पाइयो ।

अनुगमन पश्चात प्रजिअ पाण्डेले उद्योग परिसरभित्र सबै मजदुरलाई स्वास्थ्य मापदण्ड पुरा गर्न गराउन आवश्य सामग्री उपलब्धताको लागि उद्योगका प्रतिनिधी सरोज बिडारीलाई निर्देशन दिनुभयो ।

उद्योगले संचालन गरेको आइसोलेसनमा रहेका १३ जना संक्रमित कर्मचारी मध्ये १२ जना निको भएर काममा फर्किएका छन् भने एक जना अझै आइसोलेसनमा रहेका छन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*