मकवानपुरमा थप २ संक्रमित महिलाको मृत्यु, मंगलबार १४४ जना संक्रमित थपिए

छहारी संवाददाता
जेष्ठ १८, २०७८

मकवानपुरमा कोरोनाबाट थप २ संक्रमित महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचाररत हेटौंडा ८ की ७५ बषीय महिला र हेटौंडा ११ की ७८ बर्षीय महिलाको मृत्यु भएको हो ।

जेठ ३ गते कोरोना पुष्टि भई उपचाररत हेटौंडा ११ की वृद्धाको गएराति र जेठ १६ गते संक्रमण पुष्टि भई उपचाररत हेटौंडा ११ की वृद्धाको मंगलबार बिहान ४ बजे मृत्यु भएको स्वास्थ्य कार्यलयले जनाएको छ । योसंगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९४ जना पुगेको छ ।

हालसम्म मृत्यु हुने सबैभन्दा बढी ७२ जना हेटौंडा उपमहानगरपालिकाका छन् । यस्तै थाहा नगरपालिकामा ७ जना, मनहरी गाउँपालिकामा ६ जना, भीमफेदी र बकैया गाउँपालिकामा ३३ जना, मकवानपुरगढीमा २ जना र बागमती गाउँपालिकामा १ जना संक्रमितको मृत्यु भएको कार्यालयले जनाएको छ ।

यसैबीच मकवानपुरमा १४४ जना संक्रमित थपिएका छन् । ५५ जना पीसीआरबाट र ८९ जना एन्टीजेन परिक्षणबाट कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*