हेटौंडामा संचालित ३६ वटा अटो एम्बुलेन्स चालकलाई स्वास्थ्य सामग्री सहयोग

छहारी संवाददाता
जेष्ठ १८, २०७८

कोरोना संक्रमण जाखिमका बीच पनि दिनरात नभनी हेटौंडा उपमहानगरपालिकामा संचालित ३६ वटा अटो एम्बुलेन्स चालकका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

जेसीआई हेटौंडा लेडीको समन्वयमा व्यवसायी राजु अधिकारीले अटो एम्बुलेन्स चालकलाई ९० हजार रुपैया बराबारको ३६ थान वासेबल पीपीइ, ३६ थान फेससिल्ड, ३६ प्याकेट मास्क, २० लिटर सेनीटाइजर सहयोग गर्नु भएको हो । सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले चालहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रममा मेयर महतले कोरोनाको संकटमा पनि चालकहरुले ज्यान जोखिममा राखेर गरेको कार्यको प्रसंशा गर्नभयो । केहि अटो एम्बुलेन्स चालकले बिरामीहरुसंग बढी भाडा लिएको गुनासो आइरहेकोले संकटको समयमा मानवियता देखाउन आग्रह गर्नुभयो । उहाँले जेसीआई हेटौंडा लेडी र सहयोगी व्यवसायी राजु अधिकारीलाई धन्यवाद समेत दिनुभयो ।

जेसीआई हेटौंडा लेडीकी अध्यक्ष जेसी प्रतिमा श्रेष्ठले घाम लाग्दा पसिना आउने, पानी पर्दा भिजिने हुँदा फेरफारको लागि समस्या हुने बुझेर चालकहरुलाई पीपीइ लगाएतका स्वास्थ्य सामग्री सहयोग गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा पूर्व अध्यक्ष जेसी रश्मि बस्नेत, हेटौंडा जेसिजका अध्यक्ष सिनेटर लिशेन बस्नेत, कुखुरा व्यवसायी संघ मकवानपुरका अध्यक्ष गोकुल नाथ पौडेल, निबर्तमान अध्यक्ष राजु अधिकारी, अटो व्यवसायी संघका अध्यक्ष भीम प्रसाद गौतम, महासचिव नवराज घिमिरे, अटो एम्बुलेन्स चालकहरु, जेसिज पदाधिकारी सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम जेसी ज्योति काफ्लेको संयोजकत्वमा सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*