हेटौंडा अस्पतालमा अक्सिजन सिलिण्डरसहित विभिन्न सामग्री सहयोग आउने क्रम जारी
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा मंगलबार पनि अक्सिजन सिलिण्डरसहित विभिन्न सामग्री हस्तान्तरण गरिएको छ ।
टोल विकास संस्था वडा समन्वय समिति र नेपाल रेडक्रस सोसाइटी हेटौंडा–५ उपसाखाको आयोजनामा अस्पतालमा ५० थान अक्सिजन सिसलण्डर वितरण गरिएको हो । कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकाललाल श्रेष्ठले अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईलाई सिलिण्डर हस्तान्तरण गर्नुभयो ।
यस्तै मकवानपुर होटल एसोशीएसनले आज अक्सिजन सिसलण्डर सहित विभिन्न सामग्री हस्तान्तरण गरेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे मार्फत ५० थान अक्सिजन सिलिण्डर, ५० काटुन पानी, ५ कार्टुन बिस्कुट र १० काटुन जुस बवितरण गरिएको हो ।
होटल एशोसीएसनका अध्यक्ष शंकरलाल श्रेष्ठ र प्रजिअ पाण्डेले अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईलाई हस्तान्तरण गर्नु भएको हो ।