हेटौंडा अस्पतालका कोरोना संक्रमित र स्वास्थ्कर्मीलाई दुग्ध जन्य पदार्थ सहयोग
हेटौंडा अस्पतालमा दूध तथा दुग्ध जन्य पदार्थ वितरण गरेर बिश्व दुध दिवस मनाइएको छ । अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित बिरामी र स्वास्थ्कर्मीलाई दूध र दुग्ध जन्य पदार्थ बितरण गरेर यो दिवस मनाइएको हो ।
‘‘दूध तथा दुग्ध जन्य पदार्थको नियमित सेवन, कोरोना भाइरसका बिरुद्धमा दिर्घ जीवन’’ भन्ने नाराका साथ बागमती प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाको आयोजना, प्रदेश दुग्ध विकास बोर्ड र केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको सह आयोजनामा बिश्व दुध दिवस २०२१ का अवसरमा मनाइएको हो ।
कार्यक्रममा पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालय हेटौंडाका निमित्त प्रमुख डाक्टर रामप्रकास प्रधानले बालक देखि बृद्ध र बिरामी सम्मलाई दूध अपरिहार्य रहेको बताउनुभयो । बिरामीलाई अझ बिहान र बेलुका दुध पीउनेगरेमा अझै राम्रो हुने उहाँले बताउनुभयो ।
कोरोना संक्रमितहरुलाई थोरै भएपनि यो दिवसका अवसरमा सहयोग गरिएको उहाँले बताउनुभयो । हेटौंडा अस्पताललाई आज ५ सय लिटर दुध, १५ केजी पनिर, १५ केजी घिउ र २० केजी खुवा वितरण गरिएको निर्देशनालयका सूचना अधिकारी डाक्टर बब्लु ठाकुरले बताउनुभयो ।
मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठाका रजिष्टार तथा हेटौंडा अस्पताल बिकास समितिका अध्यक्ष राजेश प्रसाईलाई प्रदेश दुग्ध बिकास बोर्डका उपाध्यक्ष टिका बल्लब सापकोटा, केन्द्रीय दुग्ध सहकारीसंघका अध्यक्ष नारायण प्रसाद देबकोटा, निर्देशनालय हेटौंडाका निमित्त प्रमुख डाक्टर रामप्रकास प्रधान लगायतकाले सामाग्री हस्तान्तरण गर्नुभयो ।