मकवानपुरमा कोरोना नियन्त्रणका लागि अधिक्तम प्रयास जारीः प्रजिअ पाण्डे

छहारी संवाददाता
जेष्ठ १७, २०७८

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डेले कोरोना नियन्त्रणका लागि अधिक्तम प्रयास गरिरहेको दाबी गर्नु भएको छ ।

सोमबार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले जनप्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार, स्वास्थ्यकर्मी, नागरिक समाज सबैको सहयोगबाट नकोरोना नियन्त्रण अहिलेको चरणसम्म आइपुगेको वदाबी गर्नुभयो । कोरोना नियन्त्रण अभियानका क्रममा नियम उलघंन गर्ने ५२८ जनालाई कार्बाही गरी जरिवाना गरिएको उहाँले जानकारी दिनुभयो ।

संकटको मौका छोपी कालोबजारी हुने भकाले अहिलेसम्म ६७ वटा पसलको अनुगमन गरिएको र केहीलाई कार्वाही तथा केहीबाट ३ लाख ८० हजार रुपैयाँ जरिवाना समेत लिइएको उहाँले बताउनुभयो । हालसम्म निषेधाज्ञाको उलंघन गर्ने ६३ जना व्यवसायीलाई कार्वाही समेत गरिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौर लगाएतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*